बाटो क्रस गर्ने क्रममा बस ले एक महिलाको यस्तो हालत भयो हेर्नुहोस भिडियो सहित।
आज बिहान कलंकीको सीता पेट्रोल पम्प अगाडि एउटा भाडाको बसले एक पैदल यात्रुलाई किचेपछि यात्रुको घटनास्थल मै मृत्यु भएको छ। मान्छे किचेपछि बसका चालक र सहचालक भने फरार छन्।
महानगरीय ट्राफिक प्रहरीले जनाए अनुसार बिहान ०७:२० बजे पेट्रोल पम्प अगाडि सडकमा ग्यारेजबाट निकाल्दै गरेको ना३ख ६८३६ नं.को भाडा बसले लोडर काम गर्ने ५५ वर्षका मानबहादुर गोलेलाई किचेको हो। गोलेको घर सर्लाही भएको र हाल कीर्तिपुर बस्दै आएको बुझिएको छ।
गोलेको घटनास्थलमा नै मृत्यु भएपछि बस चालक र सह-चालक फरार छन्। बसलाई ट्राफिकले -याकरको मद्दतबाट कालिमाटी चौकीमा राखेको छ।(नागरिक)

0 comments
Write Down Your Responses