सुत्केरी महिलालाई सडकमा पैदल हिडाएर मुर्खर्जीको स्वागतमा जुटेको प्रचण्ड सरकार

काठमाडौं १८ कार्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै राजधानीमा अघोषित कर्फ्यु लाग्यो । सडकमा नेपाली सेनाले स्थल गस्ती गरेको थियो भने आकाशमा हेलीकोप्टरले हवाइ गस्ती गरेको थियो ।

मुखर्जीको सवारी हुने रुटमा सडक ठप्प बनाइको थियो । पैदल यात्रीलाई समेत सडकमा हिँड्न दिइएको थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिनामंगल, तीनकुने, वानेश्वर, माइतीघर हुँदै राष्ट्रपति भवन जाने क्रममा सडक ठप्प पारिएको थियो ।सरकारले मुखर्जीको सबारीलाई मात्र ध्यान दियो तर आफ्नै देशका बिरामी आसय र सुत्केरी लाई समेत बेवास्ता गर्दै यातायात ठप्प पर्दै नेपाली जनता दुख दिनेकाम गर्यो ।
सुत्केरी र बिरामीहरु सरकारले गरेको यातायात बन्दको कारणले सडकमा पैदल हिँडिरहेका थिए । सुत्केरी महिलालाई सडकमा पैदल हिडाएर स्वागतमा जुटेको सरकार संग नेपाली जनताले के आशा राख्ने रु नेपाली जनता को स्वास्थ्य संग पनि खेलबाड गर्ने गरि गरिएको सबारीसाधन बन्दले गर्दा कयौ सर्वसाधारण मर्कामा परेका थिए । सडकमा पैदल हिँडिरहेका पैदलयात्रुहरुलाई मूल सडकमा निस्कन रोक लगाइएको थियो । कतिपय घरहरुका छतबाट मुखर्जीको सवारी हेर्न बसेकाहरुलाई समेत प्रहरीले हटाएको थियो । साभार सूचना केन्द्र बाट

,

0 comments

Write Down Your Responses