विवाह सकेर फर्केको जीप दुर्घटना : चार जनाको मृत्यु, १९ घाइते .......
पाल्पा, २५ माघ । पाल्पाको दोभान गाविस–४ श्रीडाँडामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन् ।
विवाह सकेर फर्केको ज्यामिरे र डान्सिङ्कोटको पञ्चेबाजा बजाउने टोली बोकेको लु १ ज २६८९ नम्बरको जिप सोमबार राति करिव ८ बजे श्रीडाँडा गाउँ भन्दा तलको कच्ची बाटोमा दुर्घटना भएको हो । जिप सडकदेखि करिव १ सय ३० मिटर तल भिरमा पल्टेको हो ।
घाइतेको उपचारको लागि भैरहवा मेडिकल कलेजमा लगिएको छ। जिपमा २० जना सवार थिए । कच्ची सडकको घुम्तिमा जिप अनियन्त्रित भएर तल खसेको बताएका छन् ।
मृत्यु हुनेहरूमा दोभान–२ ज्यामिरे र डान्सिङ्कोटका युवा छन् । ज्यान गुमाउनेको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
0 comments
Write Down Your Responses