अष्ट्रेलियामा नेपाली महिला र बालिका मृत फेला....
माघ १७, २०७३- मेलबर्नको पास्कोभेल भन्ने स्थानमा एक नेपाली महिला र बालिका मृत अवस्थामा फेला परेका छन् ।
स्थानीय सञ्चारमाध्यमहरुले जनाए अनुसार अन्दाजी ३९ वर्षीया महिला र ३ वर्षीया बालिकाको शव सो स्थानको आस्कान्सी एभेन्युमा रहेको घरमा भेटिएको हो । प्रहरीलाई आइतबार साँझ ५ बजेर ३० मिनेटमा खबर गरिएको थियो । अहिलेसम्म नाम र विस्तृत पहिचान नखुलाइएपनि मृतक महिला नेपाली रहेको र मृतक बालिका उनको छोरी भएको बुझिएको छ ।
क्यानबेरामा रहेको नेपाली दुतावास र मेलबर्नमै रहेको बाणिज्यदूतावासले समेत घटनाको बारेमा बिस्तृत जानकारी आइनसकेको जनाएको छ । घटनाको बारेमा विस्तृत रुपमा बुझ्ने र जानकारी लिने कोसिस भइरहेको बाणिज्यदुतावास मेलबर्नले जनाएको छ ।
प्रहरीले घटनाको वास्तविक कारणको खोजी गरिरहेको बताए पनि उनीहरुको मृत्युलाई लिएर अन्य कसैको खोजी नगरिएको जानकारी दिएको छ ।
0 comments
Write Down Your Responses