मस्जिदमा प्रार्थनाकै बीच गोलीबारी, पाँचको मृत्यु, दर्जनौ घाइते ....

काठमाडौं, १७ माघ (रोयटर्स) ।  क्यानडाको क्युबेक सिटी मस्जिदमा आइतबार साँझ गोलीबारी हुँदा कम्तीमा पनि पाँचजनाको मृत्यु भएको बताइएको छ । साँझको प्राथना भइरहेका बेला समूहमा आएका बन्दुकधारीले गोलीबारी गरेको मस्जिदका प्रमुखले जानकारी दिएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार तीन जनाको समूहले क्यूबेक सिटी इस्लामिक कल्चरल सेन्टरभित्र प्रार्थना गरिरहेका लगभग ४० जनामाथि अन्धधुन्ध गोली हानिएको हो ।


0 comments

Write Down Your Responses