सोमबार बिहान जहाज दुर्घटना हुँदा १६ को ज्यान गयो .....

माघ ३ । टर्किस एयरलायन्सको कार्गो जहाज दुर्घटना भएको छ । सोमबार बिहान हङकङबाट बिस्केसका लागि उडेको एयरलायन्सको बोइङ ७४७ जहाज किर्गिजस्तानको मानास विमानस्थल नजिकै दुर्घटनामा परेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको किर्गिजस्तानका सरकारी अधिकारीले बताएका छन्। जहाजका पाइलट र दुर्घटनास्थल आसपास घर भएका १५ स्थानीयको शव फेला परेको बताइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।

0 comments

Write Down Your Responses