विश्वविद्यालयमा बम आक्रमण, छ जनाको मृत्यु......

४ माघ । नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । घटनामा १५ जना घाइते भएको बताइएको छ । ब्रुनोराज्यका प्रहरी प्रमुख दामियन चुक्बुले सिन्ह्वालाई दिएको जानकारीमा एक सात वर्षीय बालकले एक जना वरिष्ठ सरकारी अधिकारीको निवास रहेको स्थानीय एउटा मस्जिदमा विस्फोट गराउँदा उनीसहित छ जनाको मृत्यु भएको र १५ जना घाइते भएको बताइएको छ । मस्जिद विश्वविद्यालय परिसरभित्र रहेको बताइएको छ ।

घटनामा विश्वविद्यालयका भेटरिनरी विभागका निर्देशक प्राध्यापक र चार जना विद्यार्थीको मृत्यु भएको छ भने घाइतेमध्ये अधिकांश विद्यार्थी रहेका छन् । नाइजेरियामा आतङ्कवादी बोको हराम समूहद्वारा सन् २००९ देखि सुरु गरिएको आन्दोलनका कारण करिब २० हजार मानिसको मृत्यु भएको छ भने करिब २३ लाख मानिस विस्थापित भएका छन् । सिन्ह्वा


0 comments

Write Down Your Responses