घुसलिएको आरोपमा पूर्वमन्त्री पक्राउ
इन्डोनेसियाका एकजना पूर्वमन्त्रीलाई घुसखोरी गरेको अभियोगमा प्रहरी गिरफ्तार गरेको छ । हाल संवैधानिक अदालतमा न्यायाधीशका रुपमा कार्यरत पट्रिअलिस अकबर सन् २००९ देखि २०११ सम्म कानुन तथा मानवअधिकार मन्त्री बनेका थियो ।
उनि तत्कालीन राष्ट्रपति सुशीलो बाम्बाङ युधोयोनो नेतृत्वको सरकारमा मन्त्री भएका हो । उनलाई बुधबार पश्चिमी जाकार्ताको एक होटलबाट नियन्त्रणमा लिइएको अधिकारीहरुले बताएका छन् ।
राष्ट्रिय सुरक्षा फौजका प्रमुख अगुस राहार्दजोले पट्रिअलिस संलग्न भएका विभिन्न घटनाका बारेमा बुझन उनलाई नियन्त्रणमा लिएको बताएका छन ।
अगुसले बुधबार भने, “उनलाई पक्राउ गरेपछिको घटना क्रमका बारेमा हामी चाँडै नै जानकारी गराउने छौँ ।” अहिले उन अनुसन्धानकै क्रममा रहेकाले उनका बारेमा केही भन्न नमिल्ने पनि अगुसले जानकारी दिए ।
पूर्वसांसद र प्रभावशाली नेता समेत रहेका पट्रिअलिस अहिले कडा सुरक्षा नियन्त्रणमा परेको संवाददाताले जनाएका छन् ।
0 comments
Write Down Your Responses