देशमा गृहयुद्ध हुन सक्छ : अभिषेकप्रताप शाह (भिडियो अन्तर्वार्ता)

काठमाडौँ – संघीय समाजवादी फोरम नेपालका उपमहासचिव अभिषेकप्रताप शाहले देशमा गृहयुद्ध हुन सक्ने चेतावनी दिएका छन् । सोमवार रातोपाटीसँगको कुराकानीमा उनले मधेशको माग सम्बोधन नगरी जर्वजस्ती चुनावमा गए गृहयुद्ध हुन सक्ने बताए ।

उनले अन्तर्वार्तामा भनेका विषयका मुख्य–मुख्य बुँदा यस्ता छन् ।

मधेशका मागवारे
–नेपालमा राजतन्त्रको नौलो अभ्यास भएको छ ।
–केन्द्रीकृत मानसिकता कायमै छ ।
–हाम्रै पार्टीको निर्णय हो, आत्मनिर्णयको अधिकारसहित स्वायत्त मधेश प्रदेश ।
–मैले आत्मनिर्णयको अधिकारसहित स्वायत्त मधेश प्रदेश माग गरेको हुँ ।
–नेवाः एउटा राष्ट्र हो, मधेशी एउटा राष्ट्र हो ।
–मैले त्यही राष्ट्र माग गरेको हुँ ।
–यो नश्लवादी सविधान हो, यसलाई ७८ प्रतिशत जनताले अस्वीकार गरेका छन् ।
–मैले फेसबुकमा लेखेका कुरालाई मान्छेले आ–आफ्नै तरिकाले ब्याख्या गरे ।
–मेरो पार्टीले पनि गलत बुझेको छ ।
–नेपालबाट मधेश अलग हुनै सक्दैन ।
–अधिकारका लागि अब आरपारको आन्दोलन हुनुपर्छ ।
–मेरो फेसबुक स्टाटसले मधेश आन्दोलन कमजोर हुँदैन ।
–मैले युवाहरुको भावना लेखेको हुँ ।
–युवाहरु निकै फ्रस्टेड छन् ।
–हामीसँग राज्यले सौताको जस्तो व्यवहार गरेको छ ।
–नयाँ कोर्सको पोल्टिक्स गर्नुपर्छ ।
भारतवारे
–नेपालको पोल्टिक्समा भारतलाई माइनस गर्न सकिदैन् ।
–हाम्रो अनुसहार विहार र उत्तर प्रदेशका जनतासँग मिल्छ, यसका मतलब हामी भारतीय होइन् ।
–यो देशका सबै नेता भारत जान्छन्, मधेशी गयो त के भयो ?
–मधेशीमाथि शंका उपशंका गर्नु गलत हो ।
सविधान संशोधनवारे
–पहिलो कुरा त सविधान संशोधनको अवश्यकता किन पर्यो त्यो बुझ्नु आवश्यक छ ।
–पहिलो सविधानसभामा मधेशी मोर्चाका नेताहरु सत्ता लिप्सामा जानु भयो ।
–मधेशीलाई सत्ता नै चाहिन्छ भने कुरा माइन्डसेट भएको थियो ।
–सविधान संशोधन किन चाहिन्छ भनेर भ्रम फैलाईएको छ ।
–मधेशमा नयाँ–नयाँ एक्सिपरिमेन्टका कारण मधेशको मुद्दा कमजोर भएको छ ।
–ज्ञानेन्द्रको पालामा जस्तो चुनावको आवश्यकता छैन ।
–सविधान कार्यान्वयनका लागि चुनाव आवश्यक छ । तर संशोधन भएपछि मात्र यो हुन्छ ।
–सविधान संशोधन अर्थपूर्ण हुनुपर्छ ।
–सविधानले पूर्णता पाएन भने यो देशमा कुनैपनि चुनावको अर्थ छैन ।

भिडियोमा सुन्नुहोस्, पूर्ण अन्तर्वार्ता

0 comments

Write Down Your Responses