पाकिस्तानी सेनाको आक्रमणमा परी एक भारतीय सैनिकको मृत्यु


एजेन्सी – पाकिस्तानी सेनाको आक्रमणमा परि जम्मु क्षेत्रमा एक भारतीय सैनिकको मृत्यु भएको छ।
उक्त आक्रमणमा परी एक स्थानीय नागरिक समेत घाईते भएको जनाइएको छ।
आज बिहान ७ः३० बजे पाकिस्तानी सेनाले गरेको फायरिङमा परी उक्त सैनिक जवानको मृत्यु भएको हो।
यस्तै गएराती पनि पाकिस्तानी सेनाले जम्मुको कृष्णा घाटी क्षेत्रमा गरेको अन्धाधुन्ध गोलाबारी गरेको भारतीय संचारमाध्महरुले जनाएको छ।
एक प्रहरी अधिकारीले जनाएअनुसार पाकिस्तानी सेनाले गएराति करिब २ बजे उक्त क्षेत्रमा रहेको भारतीय चौकी र नागरिकलाई समेत निशाना बनाएर अन्धाधुन्ध गोलाबारी गरेको हो।



0 comments

Write Down Your Responses