दाहाल-ओली देउसी गीतमा यसरी नाचे पछी भयो हंगगामा भिडियो सहित
गठबन्धन सरकार टुटाएर नयाँ सरकार बनेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बन्धमा चिसोपन आयो। लामो समयसम्म दुई नेताबीच औपचारिक भेटघाट पनि भएन। उनीहरुको यही सम्बन्धलाई आइतबार सिस्नुपानी नेपालका कलाकारले ब्यंग्य कसे।
सिस्नुपानी नेपालले प्रज्ञाप्रतिष्ठान कमलादीमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए। देउसी खेलीसकेपछि आशिष दिने क्रममा घरबेटी बनेका मनोज गजुरेल र सिताराम कट्टेल दाहाल र ओली रुपमा देखा परे। उनीहरू मञ्चमा आउँदा 'पुरानो डुंगा' चलचित्रको चर्चित गीत ‘निर जहिले रिसाउनी...' बजिरहेको थियो।
त्यसपछि गजुरेल र कट्टेलले आफूले नक्कल गरेका नेताद्वयसँग हात मिलाएपछि उनीहरूले सवालजवाफ गरेका थिए। गजुरेल र कट्टेलको नक्कल देखेर प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री ओली दम्पत्ति पेट मिचिमिचि हाँसेका थिए।
0 comments
Write Down Your Responses