धामीद्वारा किशोरीमाथि यौन दुर्ब्यवाहार
बाह्र वर्षीय एक किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा झापाको बिर्तामोडबाट आज एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत इस्लामपुर निवासी ५० वर्षीय महमद रफिगुल रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रहरीका अनुसार किशोरीलाई झारफुक गर्ने बहानामा उनले यौन दुव्र्यवहार गरेका थिए । झारफुक गर्न आएका उनले किशोरीकी आमालाई फूल लिन पठाएको र भाइलाई पानी लिन पठाएर बालिकामाथि यौन दुव्र्यवहार गरेको सूचना आएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो । रफिगुललाई इप्रका बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
0 comments
Write Down Your Responses