यस्ती भइन् ‘कुछ कुछ होता है’की अञ्जली
छकुछ होता है’की बालअभिनेत्री सना सहिदले २०१४ मा करण जौहरकै अर्काे फिल्म स्टुडेन्ट अफ दी इअरबाट अभिनयको दोस्रो अध्याय सुरु गरिन् । सन् १९९८ मा प्रदर्शन भएको ब्लकबस्टर फिल्म कुछ कुछ होता हैमा उनले साहरुख खान र रानी मुखर्जीकी छोरी अञ्जलीको भूमिका निर्वाह गरेकी थिइन् ।
कुछ कुछ होता है प्रदर्शन भएको १८ वर्ष पूरा भएको छ । सो फिल्मकी बालअभिनेत्री सनाले स्टुडेन्ट अफ दी इअरका साथै झलक दिखलाजा–६, सेक्सी सना, नच बलिए–७, खतरोका खेलाडी–७लगायतका टिभी सोमा दमदार उपस्थिति जनाइसकेकी छिन् । २८ वर्षीया सना फिल्म अभिनयमै करिअर बनाउन चाहन्छिन् ।
0 comments
Write Down Your Responses