चीनले अमेरिकालाई भन्यो: भारतसँगको बिबादमा नपर, नत्र ठीक हुने छैन
बेइजिङ- चीनले सोमबार भारतसँगको सिमा बिबादका विषयमा अमेरिकालाई नबोल्न साबधानी गराएको छ ।
बेइजिङ र नयाँ दिल्लीबीच जारी सिमा सम्बन्धी बिबादमा मुख नखोल्न चीनले अमेरिकीलाई सुझाव दिएको हो ।
भारतका लागि अेमेरिकी राजदूत रिचर्ड बर्मा अरुनाचल प्रदेशको तावङ गई चीनको सिमानामा पुगेसँगै चीनको राजधानी बेइजिङले यस्तो कार्यको आलोचना गरेको हो । अमेरिकी राजदूतको कार्यले चीन र भारतबीचको सम्बन्धमा टकराव आउनुका साथै सिमा नाकाको शान्ति खलबलिन सक्ने संकेत पनि चिनले गरेको छ।
"तपाईंलाई थाहा भएकै कुरा हो, वरिष्ठ कुटनितिज्ञले भ्रमण गरेको स्थल चीन र भारतबीच एक बिबादित क्षेत्र हो । चीन र भारतबीच बिबाद रहेको क्षेत्रमा कुटनितिज्ञले गरेको भ्रमणको हामी जोडदार बिरोध गर्द छौं ।" चीनको बिदेश मन्त्रालयका प्रवक्ता लु काङले नियमित पत्रकार सम्मेलनमा बताए।
भारतको अरुनाचल प्रदेशको ठूलो हिस्सालाई चीनले तिब्बतको हिस्सा मान्दै आएको छ । चाड मनाउनका लागि बर्मा तवाङ पुगेका थिए । एजेन्सी
"सिमानालाई लिएर चीन र भारतबीच जारी बिबादमा नपर्न र शान्तिका लागि सहयोग गर्न हामी अमेरिकालाई जोरदार खबरदारी गर्छौ । चीनले अमेरिकालाई भनेको छ । भारत र चीनबीच सिमा बिबाद जटिल र सम्बेदन पनि छ । तसर्थ कुनै तेस्रो पक्षको प्रवेशले समस्या बढाउने काम गर्छ" लुले भनेका छन् ।
पूर्वका नाकाका बारेमा चीनको अडान सफा र अटुट रहेको कुरा पनि लुले पत्रकार सम्मेलनमा बताए ।
0 comments
Write Down Your Responses