चौध सडकमा इजाजतका लागि प्रस्ताव
त्रिशूली(नुवाकोट), ६ भदौ । ‘रुट परमिट’ बिना नै बस सञ्चालन भइरहेका १४ सडकमा वैधानिकता दिन प्रस्ताव गरिएको छ ।
यहाँ बर्साैँदेखि सार्वजनिक यातायात सञ्चालन भइरहेको १४ सडकलाई रुट परमिटका लागि प्रजिअ विष्णुप्रसाद पोखरेलको अध्यक्षतामा आज बसेको यातायातसम्बन्धी जिल्लास्तरीय समितिले यातायात व्यवस्था कार्यालय वाग्मती, ललितपुरमा प्रस्ताव पठाएको छ । समितिको बैठकले तीन सडकलाई बाहै्र महिना र ११ सडकलाई हिउँदको छ महिना बस सञ्चालनका लागि रुटपरमिट दिन प्रस्ताव गरेको हो ।
अहिले यहाँ पासाङल्हामु राजमार्ग र त्रिशूली–गल्छी सडक खण्डमा मात्र इजाजत लिएर वैधानिक रुपमा गाडी सञ्चालन हुँदै आएको छ । अब एकै साथ १४ सडकमा इजाजत दिनका लागि प्रस्ताव गरिएको प्रजिअ पोखरेलले बताउनुभयो ।
0 comments
Write Down Your Responses