पत्रकार सम्मेलनमा अनुपस्थित, के भयो ओलीलाई ? बिहीबार बैंकक जाँदै
काठमाडौं, ८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार बैंकक जाने भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि त्यसतर्फ जान लागेका हुन् ।
स्थायी समिति बैठकले गरेका राजनीतिक तथा सांगठनिक निर्णयबारे जानकारी दिन पत्रकार सम्मेलन गरिएको थियो । पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्ष ओली अस्वस्थताका कारण उपस्थित हुन नसकेको जानकारी दिए ।
सहयोगी सहित बैंकक जान लागेका ओली बिहीबार दिउँसो थाइ एयरवेजको विमानमार्फत त्यसतर्फ उड्न लागेको बुझिएको छ । अघिल्लो पटक उनी असारमा बैंकक गएका थिए ।उनले आफ्नो हातको फङ्गसको उपचार बैंककमा गर्दै आएका छन् ।

0 comments
Write Down Your Responses