मानिसलाई मारेर मासु खाने यी महिलाको अचम्मको शौख ? के हो वास्तविकता.....
केही मिडियाले इन्डोनेशियामा बस्ने एक २९ वर्षीया महिलाको रुची भन्दै उनले मानिसको मासु खाने गरेको समाचार लेखेका छन् । उनीबारे यस्तो वास्तविकता पत्ता लागेपछि पुलिसले उनलाई पक्राउ गर्न उनको घर गएको र त्यहाँको माहौल हेरेर उनीहरु पनि हैरान भएको बताइएको छ ।
इन्डोनेसियाको भ्याम्पायर भनिने यी महिला मानिसको मासु खाने रुची भएको बताइएको छ । अनुसन्धानको क्रममा पुलिसले ती महिलाको फ्रिजमा मानिस शव राखिएको देखेको भन्ने पनि बताएका छन् । उनले करिब ३० महिलासमेत थुप्रै मानिसहरुलाई मारेर आफ्नो आहार बनाएको बताइएको छ ।
यतिमात्र होइन, उनले आफ्ना श्रीमानको पनि हत्या गरेर उनको शवलाई फ्रिजमा राखेको बताइएको छ । पक्राउ परेपछि उनले आफ्नो घरमा धेरै पार्टी हुने र थुप्रै मानिसहरुको जमघटका बेला मानिसहरुलाई थाहै नदिई धेरैपटक मानिसको मासु पकाएर खुवाएको बताइएको भनिएको छ । मानिसहरुले उनले पकाएको खानाको निकै तारिफ गर्ने गर्दथेसमेत भनिएको छ ।
पक्राउ परेपछि पनि उनले एक महिला सुरक्षाकर्मीमाथि पनि हमला गरेको र ती सुरक्षाकर्मीको एउटा औंला टोकेर उनले खाएको पनि बताइएको छ ।
यद्यपी, यो समाचारलाई कतिले झुटोसमेत भनेका छन् । समाचार एकपटक झट्ट आएको र यसबारे अन्य समाचार सार्वजनिक नभएपछि यो पूर्णरुपमा झुटो समाचार भएको कतिपय मिडियाले दाबी गरेका छन् ।
समाचार वास्तविक हो वा झुटो, यसबारे केही पुष्टि भने भएको छैन ।
0 comments
Write Down Your Responses