बिहे भएको २४ घण्टामा नै दुलही विधुवा बनेकी छन् ....

बिहे भएको २४ घण्टामा नै विधुवा !
 प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७३

एजेन्सी । भारतको पञ्जाव–लुधियानामा रहेको रोपड रोडस्थित एक गाउँमा बिहे भएको केही घण्टामा नै दुलही विधुवा बनेकी छन् । विहेको रमझम चलिरहेकै प्रितिभोजका दिन अचानक दुलाहा गगनदीप सैनीको मृत्यु हुन पुगेको छ ।

बिहेको भोलिपल्ट भइरहेको प्रिजिभोजमा बेहुला गगनदीप सिंह सैनी अचानक बेहोस भएर भूईमा बजारिन पुगेका थिए भने परिवारका सदस्यले हतारहतार अस्पताल लगेपनि उनको बाटैमा मृत्यु भइसकेको थियो । अस्पताल पुग्दासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।

गगनदीप सिंह सैनी गाउँमै इलेक्ट्रोनिक्स पसल चलाउँथे भने उनको बिहाव जनवरी २९ का दिन स्थानीय माछीवाडाकी युवती कुलबिन्दर कौरसँग भएको हो । उनी नियमित व्यायाम गर्ने भने दुव्यवसनीबाट पनि टाढा थिए । तर ३० जनवरीका दिन उनी अचानक बेहोर भएर ढलेपछि परिवारमा बज्रपात आइलाग्यो नै बिहेको २४ घण्टामै कुलबिन्दर विधवा बन्न पुगिन् ।

0 comments

Write Down Your Responses