आजदेखि ग्यासको मूल्य मूल्य वृद्धि....
काठमाडौं – नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार रातिदेखि लागु हुने गरी प्रतिसिलिन्डरमा २५ रुपैयाँ वृद्धि गरेको हो ।
नयाँ मूल्यअनुसार अब प्रतिसिलिन्डरको उपभोक्ता मूल्य एक हजार तीन सय ५० रुपैयाँ कायम भएको छ । निगमका प्रवक्ता भानु खनालका अनुसार अन्तर्राष्ट्रिय मूल्यको आधारमा इन्डियन आयल कर्पोरेसन (आईओसी) ले बुधबार पठाएको नयाँ मूल्यसूचीअनुसार ग्यासको मूल्य वृद्धि गरिएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
उनले भने, ‘घाटा व्यहोर्न बाध्य हुने भएकाले थोरै मात्रामा मूल्य वृद्धि गर्न बाध्य भएका छौं ।’ उनका अनुसार अहिले प्रतिसिलिन्डरमा एक सय दुई रुपैयाँ वृद्धि भएर आईओसीबाट नयाँ मूल्य सूची आएको छ ।
यसअघि गत भदौ १६ गते प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार तीन सय ७५ बाट २५ रुपैयाँ घटाएर एक हजार तीन सय ५० रुपैयाँ मूल्य कायम गरिएको थियो ।
0 comments
Write Down Your Responses