हात्तीको आक्रमणबाट एकको मुत्यु....

कञ्चनपुर, २१ माघ । जङ्गली हात्तीको आक्रमणमा परी कञ्चनपुरको पुर्नवास नगरपालिका– १ बिचफाँटाका ६० वर्षीय मानबहादुर सुनारको आज बिहान मृत्यु भएको छ । भारतीय दूधुवा नेसनल पार्कबाट आएको हात्तीको बथानले आक्रमण गर्दा सुनारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक दलराम टमाटाले बताउनुभयो ।

उहाँका अनुसार रोजगारका लागि बिहानै भारततिर गइरहेको बेला हात्तीले उनीमाथि आक्रमण गरेको थियो । सुनारसँगै रहेका अन्यले भने भागेर ज्यान जोगाएका थिए । हात्तीको आक्रमणबाट यसअघि एकजना महिलाको मृत्यु भएको थियो ।

0 comments

Write Down Your Responses