प्रेमीको एसिड प्रहारबाट प्रेमिकाको मृत्यु ......
धादिङ नौबिसे–१ का २८ वर्षीय प्रेमी सुनील कोइरालासँग आइतबार बुटवल–६ स्थित मेरिडियन होटलमा बसेकी तुलसामाथि एसिड प्रहार भएको हो । एसिड प्रहारबाट गम्भीर घाइते भएकी तुलसाको लुम्बिनी अञ्चल अस्पतल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।
केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुबीच विवाद भएपछि सुनीलले एसिड प्रहार गरेको बुझिएको छ । तुलसाले आफूलाई धोका दिन लागेको आशंकामा सुनील एसिड प्रहार गरेका हुन् । अर्कै युवकसँग प्रेम सम्बन्ध कायम राखेको भन्दै आइतबार मध्यराति सुनीलले एसिड प्रहार गरेका हुन् ।
एसिड प्रहारपछि तुलसाले होटेलका कर्मचारीहरुसँग सहयोग मागेको र त्यसपछि होटेलका कर्मचारीले होटेलका सबै ढोका बन्द गरेर सुनीललाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए । सुनीलले एसिड प्रहार गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
उनीहरु सो होटेलको कोठा नम्बर १०३ मा सँगै बसेकी बसेका थिए भने कोठा नम्बर १०४ मा बसेकी तुलसाकी सानीआमा काठमाडौं–७ चाबहिल बस्ने ४० वर्षीया देवी खरेललाई समेत नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय समाचार कक्षले जानकारी दिएको छ ।
0 comments
Write Down Your Responses