दुबईबाट आएको ३४ किलो सुन काण्डमा एसएसपी श्याम खत्री पक्राउ ....

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले दुबईबाट आएको ३४ किलो सुन काण्डमा एसएसपी श्याम खत्रीलाई पक्राउ गरेको छ।


खत्रीलाई आइतबार प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरिएको हो ।

खत्री त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत थिए। सुन प्रकरण पछि उनलाई हेडक्वार्टर तानिएको थियो।

सुनको मालिक खोज्ने क्रममा प्रहरीले एयरपोर्ट भन्सारका केही कर्मचारीहरुलाई पनि पक्राउ गरेको छ ।

0 comments

Write Down Your Responses