किशोरी अवस्थामा आँखाको ज्योती गुमाएकी श्रृष्टीको जीवन कहानी उनि धेरै को प्रेरणाकी श्रोत हुन् (भिडियो)
१६ बर्षको किशोरी अवस्थामा आँखाको ज्योती गुमेपछि उसको संसार कस्तो होला, अनुमान सहजै गर्न सकिन्छ । श्रृष्टी केसीलाई यस्तै पर्यो । रहरलाग्दो उमेरले लाउँलाउँ खाउँखाउँ भनिरहेको बेला उनको संसार एक्कासी अँध्यारो भयो ।
भनिन्छ, एउटा बाटो बन्द हुँदा त्यो भन्दा सुन्दर अर्को बाटो खुलेको हुन्छ । आँखामा ज्योती नभएर के भो र श्रृष्टीको मन त्यो भन्दा चम्किलो थियो । हाल उनि दृष्टिबिहिनको मात्र होइन, बाहिरी आँखाले संसार देख्न सक्नेलाई पनि भित्री संसार सिकाईरहेकी छिन् । उनि धेरै को प्रेरणाकी श्रोत हुन् । बिशेषत: उनको प्रवचन कलाले मन्त्रमुग्ध नै पार्छ ।
अहिले निर्देशक तथा निर्माता मिलन चाम्सले श्रृष्टीकै जीवनगाथामा चलचित्र बनाईरहेका छन् । ‘ब्लाईन्ड रक्स’ नामक चलचित्रमा श्रृष्टीको भूमिकामा नायिका बेनिशा हमाल छिन् ।
श्रृष्टीको आत्मबिश्वास, उनको जीवनको कठिन संघर्ष तथा सफलताबारे एक भिडियो कुाराकानी तपाइँसामु प्रस्तुत गरेका छौँ ।
0 comments
Write Down Your Responses