सांसदले ढोका थुनेर सरकारी कर्मचारी कुटे.....
१६ माघ, ताप्लेजुङ । सांसद वाङ्दी शेर्पाले सरकारी कर्मचारीलाई कोठामा बन्द गरी ढोका थुनेर कुटेको छन् । तर, घटनाको छानविन गरेर दोषीलाई कारबाही गर्नु पर्ने प्रहरी प्रशासन भने मिलापत्र गराउन लागेका छन् ।
गाविसको तथ्याङ्क संकलनका लागि खटिएका पशुसेवा कार्यालयका कर्मचारी भिम घिमिरेलाई माओवादी संसद शेर्पाले कुटेका हुन् । शुक्रबार खेजेनिम गाविस पुगेका घिमिरेले संसद शेर्पाको घरमा तथ्यांक संकलन गर्न पुग्दा परिचय पत्र माग्दै आफूलाई नियन्त्रणमा लिई कोठामा थुनेर कुटपिट गरेको कर्मचारी घिमिरेले बताएका छन् ।
आफूसँग परीचय पत्र नभएको बताउँदा ‘यस्तो पनि कर्मचारी हुन्छ’ भन्दै कुटपिट गरेको र आफूले टेलिफोन गरी प्रहरी र सामाजिक परीचालकलाई जानकारी गराएपछि मात्र छाडेको पीडित घिमिरेले बताएका छन् ।
स्थानीयले पनि सांसदले कर्मचारीलाई २/३ घण्टा नियन्त्रणमा कुटपिट नै गरेको बताएका छन् ।
तर, संसद शेर्पाले भने आफुले घिमिरेलाई परिचय पत्र नबोकी किन हिडेको भनेर जोगाउन खोजेको दाबी गरेका छन् ।
घटनापछि जिल्ला प्रहरी कार्यालयले भने संसद शेर्पा र कर्मचारी घिमिरेलाई मिलापत्र गराएको छ । कर्मचारीले परिचय पत्र नबोकेको र संसदले पनि कर्मचारीलाई बुझाउने हुँदा धकेलेको हुन सक्ने भएकाले दुबैको सहमतिमा घटनालाई मिलाइएको प्रजिअ नरबहादुर खड्काले बताए ।
घटनालाई मिलाउन आधिकारीक कर्मचारी ट्रेड युनियनका जिल्ला अध्यक्ष रामचन्द्र दाहाल सहित प्रमुख जिल्ला अधिकारी साँझ जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।
0 comments
Write Down Your Responses