भारतमा रेल दुर्घटना, ३२ को मृत्यु>>>>
नयाँ दिल्ली : दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा भएको एक रेल दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३२ पुगेको छ । सो दुर्घटनाबाट जीवितै उद्धारको प्रयास रातभर चलेको थियो ।
आन्ध्र प्रदेश राज्यको दुर्गम जिल्ला भिजिअनागारामा अवस्थित कुनेरु रेलवे स्टेसननजि कै जगदलपुर भुवनेश्वर हिराखन्ड एक्सप्रेस दर्घटनाग्रस्त हुँदा कम्तीमा ३२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० भन्दाबढी घाइते भएका अधिकारीले जनाएका छन् । सो रेल भुवनेश्वरतर्फ गइरहेको बताइएको छ ।
स्थानीय समयानुसार शनिबार राति ११ बजे भएको यस दुर्घटनामा आठ वटा डिब्बा पटरीबाट छुट्टिएर गएको बताइएको छ ।

0 comments
Write Down Your Responses