जीवनमा खुसी भएर जिउने १० तरिका >>>>.
वास्तवमा खुसी तरिकाले जीवन जिउनु मानिसको इच्छा हुन्छ। तर मानिसहरु जीवनमा तनाव लिइरहेका हुन्छन्। तनावमुक्त जीन्दगी जिउन मानिसले पहिला सोचमै परिवर्तन गर्नुपर्दछ। यसबारेमा मानिसले पहिला आफूलाई यी कुराहरुमा परिमार्जित गर्नु जरुरी छ।
१. प्रत्येक दिन बिहान १० देखि ३० मिनेट हास्नुस्। यसले तपाईमा भएको डिप्रेशनलाई कम गर्दछ। तपाईलाई तनावबाट मुक्त गराउँछ।
२. दिनमा करीब १० मिनेटसम्म शान्त भएर बस्नुस्। यसले तपाईलाई केही सोच्न मद्दत गर्दछ। शान्तिले नयाँ र सकारात्मक सोच्न मद्दत पुर्याउँछ।
३. सागसब्जी र फलफूल धेरै मात्रामा खानुस्। यसले दिमागको विकास हुन तथा पोषक तत्व मिल्छ।
४.ग्रीन टी पिउनुहोस वा दिनमा पानी कम्तिमा २ देखि ३ लिटर पानी पिउनुहोस। यसले तपाईको छालाई स्वच्छ र तन्दुरुस्त बनाउँछ।
५. बिहानको समयमा खाजा धेरै नै खानुस। तर हामी उल्टो गरिरहेका हुन्छौ। दिनमा धेरै खाने र विहान खाँदै नखाने। यसले मानिसलाई अल्छी बनाउँछ। दिउँसो कम खाने र बिहान धेरै खाने गर्नु पर्दछ।
६. तपाईले आफ्नो कामले दिनमा कम्तिमा पनि ३ जना खुसी होस भनेर सोच्नुस र गर्नुस् पनि। यसले तपाईको जीवनमा काम गर्ने थप ऊर्जा दिनेछ।
७. आफ्नो ऊर्जाशील समय वादविवादमा खर्च नगर्नुस्।किनकी जीवन संसारमा धेरै महत्वपूर्ण छ। त्यसकारण जीवनलाई महत्व दिएर आफूलाई असल काममा लगाउनुहोस्।
८. आफ्नो जीवनको बितेको कुरा सोचेर समय नष्ट नगर्नुस। जे भयो भयो अब वर्तमानमा के भइरहेको छ। त्यसको लागि चिन्ता होइन चिन्तन गर्नुस।
९. तपाईले आफूलाई अरुसँग तुलना नगर्नुस्। किनकी उसको प्रगति, विचार र व्यवहार जस्तै आफूलाई परिमार्जित गर्नुस। आफूलाई सुधार्नुपर्नेमा ठाउँमा सुधार्दै लैजानुस। जीवन तपाईको सफल र खुसी हुनेछ।
१०. जीवनमा लिने काम कम (अरुबाटसहयोग माग्ने) र दिने काम बढी (अरुलाई सहयोग गर्ने) गर्नुस्। यसले तपाईलाई जीवनमा धेरै खुसीयाली दिन्छ।

0 comments
Write Down Your Responses