धम्की दिएर यौन शोषण प्रमाणित भएको गायक प्रकाश ओझा पक्राउ ........


काठमाडौं, १४ माघ । सेक्स काण्डमा दोषी प्रमाणित भएको गायक प्रकाश ओझा पक्राउ परेका छन् । यही माघ ४ गते सर्वाेच्च अदालतले सेक्स काण्डमा दोषी प्रमाणित गर्दै १० बर्षको जेल सजायको फैसला सुनाएपछि

ओझालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौंको शंखमुलबाट ओझालाई शुक्रबार पक्राउ गरेको हो । सुनसरीको इटहरी नगरपालिका ४ स्थायी घर भएका ओझालाई दुई अभियोगमा पाँच–पाँच बर्ष गरी सर्वोच्चले १० बर्ष कैद सजाय सुनाएको थियो ।

फारर रहेका उनलाई शुक्रबार नै कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पाठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

२०५९ सालदेखि तीन जना नाबालिकासँग दुई बर्षसम्म अनैतिक सम्बन्ध राखेको र पीडितले थाहा नपाउने गरी खिचेको अश्लील तस्बिर तथा भिडियो देखाएर सार्वजनिक गरे मार्नेसम्म धम्की दिएको ओझामाथि लागेको आरोप प्रमाणित गर्दै सर्वाेच्चले उक्त सजाय सुनाएको हो ।

पटक–पटक धम्की दिएर यौन शोषण र अप्राकृतिक मैथुन गरेको र तस्बिर वेभसाइटमा समेत राखेको ठहर गर्दै अदालतले ओझालाई १० वर्ष कैद सजाय सुनाएको हो ।

पुनरावेदन अदालत विराटनगरको फैसलालाई उल्टाएर ओझालाई सर्वोच्च अदालतले उक्त फैसाला गरेको हो । उनका ‘बाउ ले बिहे गर्दैनन्..’, ‘ए बाउ भात खान आउ..’ जस्ता गीतहरु चर्चित छन् ।

0 comments

Write Down Your Responses