अनिल अधिकारी यसरी बनेका थिए यम बुद्ध ! मृत्युको कारण यस्तो हुन सक्छ ?? >>
चर्चित र्यापर अनिल अधिकारी अर्थात यम बुद्ध लन्डनमा मृत भेटिएका छन् । शनिबार उनी लन्डन साउथ हयारोस्थित घरको बाथरुममा मृत अवस्थामा फेला परेको उनी निकट श्रोतले जनाएको छ । उनी श्रीमतिका साथ लन्डनमा थिए ।
लन्डनस्थित नेपाली दूतावासले घट्नाको पुष्टि गर्दै यस सम्बन्धमा थप जानकारी खोजिरहेको बताएको छ । मृत्युको कारण र विस्तृत विवरण आउन बाँकी छ । पोस्टमोर्टम बुधबार हुने पारिवारिक श्रोतले जानकारी दिएको छ । उनको निधनबारे काठमाण्डौंमा परिवारलाई खबर भइसकेको जनाइएको छ ।
0 comments
Write Down Your Responses