यी हुन् खतरनाक चोर जसले पैसाको लागि यस्तो डरलाग्दो खेल खेले पुलिस पनि चकित भिडियो सहित

अर्को व्यक्तिको एटिएम कार्ड प्रयोग गरेर रकम झिकिरहेको अवस्थामा प्रहरीले आज धुलिखेलबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ श्याम्घाका वसन्तबहादुर थापा रहेका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेका प्रहरी उपरीक्षक सकुल थापाले बताउनुभयो ।

थापाले अनिल दुवालको नामबाट धेरैपटक रकम निकालेको प्रहरी समक्ष बयान दिएका छन् । उनले रु १२ लाख निकालेको स्वीकार गरेको भएपनि त्योभन्दा बढी रकम निकालेको हुनसक्ने र त्यसका लागि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

थापाको साथबाट रु ३० हजार, दुईवटा राहदानी, छवटा सिमकार्ड फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

0 comments

Write Down Your Responses