प्रधानमन्त्री प्रचण्ड र डा.बाबुराम भट्टराईबीच सार्वजनिक कार्यक्रममै चर्काचर्की......

१६,माघ,काठमाडौं  । प्रधानमन्त्री प्रचण्ड र नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईबीच शनिबार एक सार्वजनिक कार्यक्रममा सवाल–जवाफ भएको छ । तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दुई नेताबीच आसन्न स्थानीय तह निर्वाचनको विषयलाई लिएर सवाल–जवाफ भएको हो ।


आजको नयाँ पत्रिकामा खबर छ– कार्यक्रमलाई पहिले सम्बोधन गरेका नयाँ शक्तिका संयोजक डा। भट्टराईले प्रधानमन्त्री दोधारको अवस्थामा रहेको बताए ।

मधेसी मोर्चाको माग सम्बोधन गरेर जाने वा त्यसै निर्वाचनमा जाने भन्ने दबाबका कारण प्रधानमन्त्री दबाब र अप्ठ्यारोमा परेको जस्तो देखिँदै छ,’ भट्टराईले भने, ‘प्रधानमन्त्रीले के हो प्रस्ट पार्नुपर्छ । यसरी चल्नेवाला छैन ।’ भट्टराईपछि सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले आफू दोधारमा नभई खुकुरीको धारमा रहेको बताए । ‘दायाँबायाँ दुवैतिर खुकुरकिो धार छ ।

बीचबाट जोगिएर हिँड्नुपर्ने परिस्थिति हाम्रोसामु छ,’ प्रधानमन्त्रीले भने । अतिवादी सोचका विरुद्ध दृढतापूर्वक उभिएर मात्रै चुनौतीलाई अवसरमा बदल्न सकिने भन्दै प्रधानमन्त्रीले थपे, ‘हामी संघर्ष गरेर नै यो ठाउँमा आइपुगेका छौं । फेरि पनि चुनौतीलाई अवसरमा बदलेर देशलाई राजनीतिक स्थिरता दिन आर्थिक समृद्धिको दिशामा लैजान हामी गम्भीर छौं


0 comments

Write Down Your Responses