इन्टरनेट २४ घण्टा बन्द हुन सक्ने .....

अमेरिकी प्रविधि कम्पनी लगरिदमले यो वर्ष करोडौं इन्टरनेट प्रयोगकर्ता इन्टरनेटबाट वञ्चित हुन सक्ने जनाएको छ ।

विश्वव्यापी नेटवर्क २४ घण्टाका लागि बन्द हुने भएकाले प्रयोगकर्ताले इन्टरनेट प्रयोग गर्न नपाउने लगरिदमको दाबी छ ।

कम्पनीका प्रमुख सूचना सुरक्षा अधिकारीसमेत रहेका उपाध्यक्ष जेम्स कार्डरले बिजनेस इनसाइडरलाई यो केवल प्राविधिक विषय भएको बताएका छन् । यसले प्रयोगकर्ताले इन्स्टाग्राममा सामग्री अपलोड गर्न रोक्ने उनको भनाइ छ ।

“यो वर्ष हामीले केही अप्ठेरो अवस्थाको सामना गर्नेछौँ । इन्टरनेटले काम गर्ने छैन र वित्त बजार पनि रोकिनेछ,” उनले भने । उनका अनुसार गत वर्ष नै यसको संकेत देखा परेको थियो ।

अक्टोबरमा पनि विश्वकै ठूलो वेबसाइटमा यसको प्रभाव देखिएको थियो । प्रयोगकर्ताको ट्विटर, साउन्ड क्लाउड र स्पोटिफाईमा पहुँच पुगेको थिएन ।

नक्कली समाचारको विषय यो वर्ष झनै खराब हुन सक्ने लगरिदमका प्रमुखले बताए । ह्याकरहरूले ठूलो र मुख्य सञ्चार माध्यमलाई निसाना बनाएको उनले बताए ।


0 comments

Write Down Your Responses