रंगकर्मी विष्णुभक्त फुयाँलको अभिनय गर्दागर्दै निधन
रंगकर्मी तथा अभिनेता विष्णुभक्त फुयाँलको राष्ट्रिय नाचघरमा अभिनय गर्दागर्दै मंगलबार साँझ निधन भएको छ ।
संस्कृतिविद् सत्यमोहन जोशीले लेखेको महर्षि यज्ञवल्क्य नाटकमा राजा जनकको भुमिकामा रहेका फुयाँल नाटकको अन्ततिर राजाले गर्ने संवोधनका लागि मञ्चमा पुगेपछि ढलेको प्रत्यक्षदर्शी संचारकर्मी वैकुण्ठ भण्डारीले जानकारी दिए ।
अविरल बग्दछ इन्द्रवति नामक टेली चलचित्रमा बुढो माझिको भुमिकामा खेलेका फुयाँलले दर्जनौ नाटकमा अनिनय गरेका छन् ।
0 comments
Write Down Your Responses