तेह्र वर्षका बालकसँग यौनसम्पर्क राखेपछि शिक्षिका जेलमा : यस्ताे छ घटना बिवरण

१३ वर्षका विद्यार्थीसँग यौन सम्पर्क राखेर गर्भधारण गरेपछि अमेरिकाकी एक शिक्षिका ३० वर्षका लागि जेल चलान हुने अवस्था निम्तिएको छ। टेक्सास राज्यकी २४ वर्षिया अलेक्सान्द्रिया भेरामाथि गर्भवती भएपछि नाबालकसँग यौन सम्पर्क राखेको अभियोगमा मुद्दा चलेको छ।

भेराले आजीवन जेल सजाय पाउने संभावना कायमै छ। तर, यी शिक्षिकाले अदालतमा कम सजायका लागि अपिल गरेकी छिन्। अहिले उनको अपिलमाथि सुनुवाई हुदैंछ। उनीमाथि अधिकतम ३० वर्षसम्म जेल सजाय हुनसक्छ। प्रहरीका अनुसार भेरा र १३ वर्षका किशोरबीच ९ महिनासम्म नियमितजसो सम्पर्क थियो। भेराले टेक्सासको होउस्टनस्थित स्टोभल मिडिल स्कुलमा सन् २०१५ मा अंग्रेजी पठाएकी थिइन्।

उनले यहीँ कक्षा आठमा पढ्ने ती किशोर विद्यार्थी भेटिन्। उनीहरुबीच फोन नम्बर आदनप्रदान भयो। त्यसपछि भेरा बालकको घरमा गइन्। उनलाई लिएर ड्राइभिङका लागि निस्किइन्। उनीहरुले त्यही पहिलोपटक किस गरेको भेराले प्रहरीलाई दिएको बयानमा उल्लेख छ। अर्को दिन ती बालकका आमाबाबु घरमा नभएका बेला भेरा पुगिन्। उनीहरुले पहिलोपटक सेक्स गरे। भेराले प्रहरीसँग अपराध स्विकार्दै भनेकी छिन्,’मेरो घरमा नियमितजसो हामी रोमान्स गर्थ्यौ।’ ती विद्यार्थी कहिलेकाँही भेराको घरमा सुत्थे। भेराले बिहानै उनलाई ती विद्यार्थीको घरमा छाडिदिन्थिन्। त्यसपछि उनी स्कुल बस चढ्थे। गत जनवरीमा उनलाई गर्भ बसेको थाहा भयो।

बालकका बाबुआमा भेराको कोखबाट आफ्नो छोराको सन्तान जन्मिएको हेर्न चाहन्थे। उनीहरु भेराप्रति सकारात्मक थिए। तर, टेक्सास चाइल्ड प्रोटेक्टिभ सर्भिसका अधिकारीहरु फ्रेब्रुअरीमा उनले पढाएको स्कुल पुग्दासम्म भेराले गर्भपतन गरिसकेकी थिइन्। भेराले बालकसँगको सम्बन्ध अस्विकार गरिन्। सोधपुछ गर्दा बालकले पनि यस विषयमा केही बताएनन्। तर अन्त्यमा प्रहरीले उनको मोबाइल ट्रयाक गरेपछि दुईबीचको सम्बन्ध पत्ता लाग्यो।

0 comments

Write Down Your Responses