केपी ओली भन्छन्–बूढो भएँ, अब माताजीसँग लसपस गर्दिन, किनकी आनन्द आउँदैन
काठमाण्डु, १९ मंसिर– एमाले अध्यक्ष केपी ओलीले आइतबार राजधानीको इन्द्रेणी फुडल्याण्डमा विभिन्न सञ्चार माध्यकमा सम्पादकसँग अन्तरक्रिया गरे ।
सरकारले संविधान संशोधन दर्ता गराएपछि मौन बस्दै आएका ओलीले सम्पादकहरुसँग मौनता तोडे । निकै खुला शैलीमा प्रस्तुत भएका ओलीले उखान–टुक्का हालेर बसाइलाई रसिलो बनाउने कोसिस गरे । त्यस क्रममा उनले एकजना बाल ब्रम्हचारी र माताबीच भएको शारीरिक सम्पर्कलाई आफ्नो अडानसँग तुलना गरे ।
ओलीले आफू मुलुकका लागि १४ वर्ष जेल बसेको, आजीवन संघर्षमै बिताएको चर्चा गर्दै बुढेशकालमा मुलुकको बेहित हुने काम नगर्ने अडान सार्वजनिक गरे । ओलीले देशका लागि आफ्नो जीवन नै दिएकाले देशलाई अप्ठेरो परेका बेला कछुवाको शैलीमा टाउको दुःखाउने चरित्र आफूमा नभएको उल्लेख गरे ।
आफ्नो अडान र लचकताबारे किस्सा सुनाउने भन्दै ओलीले भने–
कुनै ठाउँमा एकजना बालब्रम्हचारी साधु थिए । बुढेशकालसम्म अविवाहित । ब्रम्हचारी निष्ठावान थिए । गाउँलेले उनलाई कुटी बनाएर राखिदिए । एउटी माताजी माताजी पनि त्यहाँ सँगै बस्न थालिन् । गाउँलेहरुले प्रसाद लगिदिएर सहयोग गर्थे । एक दिन बिहानै प्रसाद लिएर जाँदाखेरि ती बूढा जोगीले भने- अब मलाई तपाईंहरुले प्रसाद–सर्साद ल्याउनुपरेन । मलाई दर्शन गर्न आउनु पनि परेन । अब म सन्यासी रहिनँ । गाउँलेले सोधेछन्, ‘बाबा के भो र ?
‘माताजीसँग मेरो अलिकति यस्तो उस्तो भयो । म सन्यासी रहिनँ अब । त्यसकारण अब मलाई केही गर्नुपरेन ।’
0 comments
Write Down Your Responses