भेटियो चार सय अमेरिकी सैनिकको कंकाल......

 भारतको अरुणाचल राज्यको लोअर दिबांग क्षेत्रमा मानव अवशेष अमेरिकी टोलीले  ४०० मानब कंकाल फेला परेको छ ।

म्यानमार र चीनको सीमा नजिक भारतीय सिमा क्षेत्रमा फेला पारिएको उक्त कंकाल अमेरिकी सैनिकको अवशेष हुन सक्ने अनुमान गरिएको छ ।फेला परेका मानब अवशेष पहिचान गर्ने प्रयास भइरहेको छ ।

दोस्रो विश्वयुद्धका बेला जापानसँगको लडाईमा चीनको  सहयोगका लागि आएका अमेरिकी सैनिक रहेको बताइएको छ । उक्त युद्धका बेला सोहि स्थानमा अमेरिकाको एक सैन्य विमान दुर्घटना  भएको बताइन्छ ।

अमेरिकी वाणिज्यदूतावासका अनुसार भारत सरकारले अनुमति दिए उक्त अवशेष परीक्षणका लागि पठाइने  छ ।

0 comments

Write Down Your Responses