उखु बारीमा भेटिए फालिएका १० दिनका बालक
महोत्तरी–जिल्लाको सम्सी गाविस- ५ स्थित उखु खेतमा एक बालक फेला परेका छन ।
करिव दश दिनका ती बालक बुधवार राती करिव ९ बजे वेवारिसे अवस्थामा प्रहरीले फेला पारेका हुन ।
हाल बच्चाको अवस्था सामान्य रहेको बताउदै प्रहरी उपरिक्षक नल प्रसाद उपाध्यायले बालक कसले र किन फाल्यो भन्ने अनुसन्धान जारी रहेको बताएका छन ।
यता बच्चा जिम्मा लिन मानिसहरुको ताती लागेको छ ।
दिन मिल्ने वा नमिल्नेवारे प्रमुख जिल्ला अधिकारी,महिला तथा बालबालिका कार्यालय लगायतका बालबालिका संरक्षक निकायहरुको वैठकको निर्णयले भन्न मिल्ने प्रहरीको भनाई छ ।
0 comments
Write Down Your Responses