न्युजिल्याण्डको भूकम्प अहिलेसम्मकै ‘अनौठो र जटिल’, वैज्ञानिक चकित
गत सोमबार न्युजिल्याण्डमा गएको शक्तिशाली भूकम्प अहिलेसम्म मापन भएको सबैभन्दा जटिल भूकम्प रहेको भूगर्भविद्हरुले बताएका छन् ।
वैज्ञानिकहरुका अनुसार भूकम्पको प्रारम्भिक धक्का दुई फरक–फरक शक्तिशाली भूकम्पको थियो, जुन मिलेर दुई मिनेट लामोसम्म कम्पन भएको थियो । जियोनेटका अनुसार जमिनमा मापन भएको सबैभन्दा जटिल भूकम्प थियो ।
धेरै भूकम्पहरु एउटै फल्ट लाइन टुटेपछि सृजना हुनेगर्छ । तर, यहाँ दुईवटा फरक भूकम्पका कारण ६ वटा फल्ट लाइनमा असर देखिएको थियो । वाइपापा बेमा नयाँ फल्ट देखिएको छ ।
न्युजिल्याण्डका क्यान्टरबरी विश्वविद्यालयका प्राध्यापक एन्डी निकोलका अनुसार काइकोरा भूकम्प दक्षिणबाट शुरु भएर उत्तर तिर सरेको थियो । ठूलो सिस्मिक तरङ्ग भूकम्पको केन्द्रविन्दुभन्दा ७० किलोमिटर उत्तरमा निस्किएको थियो ।
यद्यपि, भूकम्पबाट पूरै देशनै हल्लिएको थियो । भूकम्पको असर ७ हजार वर्ग किलोमिटरसम्म देखिएको छ । राजधानी वेलिङटनमा समेत घर र सडकमा क्षति देखिएको छ ।
भूकम्पको कारण तटीय क्षेत्रमा सुनामी पनि देखिएको थियो । तर, पिजेन बे बाहेक अन्य क्षेत्रमा यसले खासै ठूलो क्षति भने गरेन ।
क्षतिको सर्भे गरिरहेको एक इन्जिनियरिङ फर्म टोनकिन र टेयलरका अनुसार काइकाउराबाट उत्तरमा रहेको ११० किलोमिटर लामो तटीय क्षेत्र २ देखि २.५ मिटर माथि उक्लिएको छ । यसको कारण रिभर्स फल्टिङ हुन सक्ने प्राध्यापक निकोल बताउँछन् ।
समूद्रको सतह उठेपछि धेरै समुद्री जीव र बनस्पतिमा मा असर परेको छ । यो सामान्यरुपमा फर्कन धेरै वर्ष लाग्न सक्ने वैज्ञानिहरु बताउँछन् ।
भूकम्पका कारण देशभर एक लाखभन्दा बढी पहिरो गएको थियो । यसले धेरै ठाउँको भूगर्भको स्थिति बदलिएको छ ।
_92496883_mediaitem92496881 _92496501_hi036423592काइकाउरा समेत भूकम्पको कारण आएको पहिरोको कारण अन्य क्षेत्रबाट काटिएको थियो । त्यहाँ रहेका १ हजार पर्यटक र स्थानीयलाई समुद्री बाटोबाट उद्दार गरिएको थियो ।
भूकम्पबाट करिब ८.४ बिलियन अमेरिकी डलरको क्षति भएको छ भने अझै पनि त्यहाँ परकम्प जाने क्रम जारी रहेको छ ।
-बिबिसीको सहयोगमा

0 comments
Write Down Your Responses