के तपाईं पनि जाडोमा तातो पानीले नुहाउनु हुन्छ ? यस्तो खतरा हुन सक्छ हेर्नुहोस यहाँ
तातोपानीले १० मिनेटभन्दा बढि नुहाउनु हुँदैन । यसले छालाको नरमपनमा ह्रास ल्याउँछ । यसले छाला रुखो हुनुका साथै उचित स्याहार नगरे फुट्छ ।
यदि तपाईं तातो पानीले माशंपेशीलाई आराम मिल्छ भन्ने सोच्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । किनभने यसले छालाले निकाल्ने प्राकृतिक तेललाई प्रभावित गर्दछ । यसले पनि छालालाई रुखो बनाउँछ ।
लगातार तातो पानीले नुहाउनुको साटो बिचमा चिसो पानी वा मनतातो पानीले नुहाउनुहोस् । यसले छालालाई नरम बनाइराख्छ । तातोपनीले नुहाउनाले शरिरको अन्तरिक तापमा ह्रास आउँछ । र चिसो वातावरणमा शरिर मिल्न सक्दैन । यस्तो अवस्थामा रुघा, खोकीजस्तो साइड इफेक्टको सामना गर्नुपर्ने हुन्छ ।
बास्नादार साबुनले नुहाउँदा पनि छाला रुखो हुने गर्दछ । यसले चिलाउने र छालाको माथिल्लो भाग रुखो भएर झर्ने जस्तो समस्या हुनसक्छ ।
नुहाएपछि छालालाई नरम बनाइराख्न शरिरलाई तीन मिनेटसम्म मोइस्चुराइजर लगाएर माड्नुहोस् । किनभने छाला रुखो भए त्यसमा ब्याक्टेरिया र एलर्जेन्स एक्टिभ हुने गर्दछ ।
नुहाउन प्रयोग गरिने ‘जाली’ लाई लामो समयसम्म प्रयोग नगुर्नहोस् । यसलाई प्रत्येक तीन महिनामा परिवर्तन गर्नुहोस् । किनभने पुरानो जालीमा ब्याक्टेरिया बढ्नसक्ने भएकाले छालासम्बन्धि समस्या देखिनसक्छ ।

0 comments
Write Down Your Responses