आमा बनेपछि मात्रै विवाह हुने गाउँ

प्राय - हाम्रो समाजमा महिलालाई आमा बन्ने अधिकार त्यतिवेला मात्रै छ जब उनी विवाहित हुन्छिन् । यसको अर्थ विवाह अघि कोही पनि आमा नबन्ने भने होइन । तर विवाहअघि नै यदि कोही केटी आमा बन्छिन् सन्तान जन्माउँछिन् भने उसलाई घृणित रुपले हेरिन्छ ।


यो समाजमा उसलाई मात्रै नभई उसका परिवारलाई समेत अपहेलित दृष्टिले हेर्ने गर्छन । तर पश्चिम बंगालको एउटा जातीमा भने केटीहरु विवाहपूर्व नै आमा बन्नु जरुरी छ । पश्चिम बंगालको जलपाइगुडीमा बसोबास गर्र्दै आएका टोटो जातिमा यस्तो खाले प्रचलन रहेको छ । उनीहरुमा केटी विवाहअघि नै गर्भवती बन्छिन् र उसको घरमा जान्छिन् ।

त्यही बस्छिन् । एक वर्षसम्ममा उसको बच्चा–बच्ची भयो भने उनीहरुको धुमधामले विवाह हुन्छ । यदि यो अवधिमा केटी आमा बन्न सकिनन् भने वा केटा–केटी अलग हुन चाहेमा उक्त सम्बन्धबाट छुटकरा पाउनका लागि सुँगुरको बलि दिइन्छ । विवाहपछि कोही केटा–केटी सम्बन्ध विच्छेद गर्न चाहन्छ भने विशेष महापूजाको आयोजना गरी सम्बन्ध टुटेको घोषणा गरिन्छ । पश्चिम बंगालमा यो जातीको संख्या निकै कम रहेको छ । त्यसैले आफ्नो बाहुल्यता बनाउनका लागि पनि यो जातीय यस्तो परम्परालाई मान्यता दिँदै आएको हो ।

,

0 comments

Write Down Your Responses