वैज्ञानिकको भविष्यवाणी...तहसनहस हुने
तहसनहस हुनेछ क्यालिफोर्नियाः
अमेरिकाको तर्फबाट गरिएको जियोलोजिकल सर्वेक्षणका अनुसार अबको केही वर्षमा क्यालिफोर्नियामा ८ म्याग्निच्युडको भूकम्प आउन सक्छ । वैज्ञानिकले यो प्रलयलाई ‘बिग ओ’ नाम दिएका छन् । वैज्ञानिकको दाबी अनुसार अबको ३० वर्षभित्र लस एन्जलसमा आउने ये भूकम्पले पूरा शहरलाई तहसनहसन बनाउन सक्छ ।
चिलीमा आउनेछ भूकम्पः
सन् २०१४ को अप्रिलमा चिलीमा ठूलो भूकम्प आएपछि त्यहाँको नाजका प्लेटमा निकै उथल पुथल भएको बताइएको छ । वैज्ञानिकको दाबी अनुसार त्यहाँ छिट्टै नै ठूलो भूकम्पको झट्का लाग्नेछ ।
अमेरिकाको इस्ट कोस्ट डुब्दैछः
भर्जिनिया इन्स्टिच्युट अफ मरिन साइन्सका प्रोफेसर जोन बूनले भविष्यवाणी गरेका अनुसार सन् २०५० सम्म अमेरिकाको इस्ट कोस्टमा बसेको शहर डुब्नेछ । उनको अनुसार यसको सुरुवात सन् १९८७ बाटै सुरु भइसकेको छ । अध्ययनका अनुसार हरेक वर्ष पानीको स्तरमा ०.३ मिटर वृद्धि भइरहेको छ । यो हिसाबले सन् २०१५० सम्म त्यहाँका थुप्रै शहर डुब्नेछन् ।
लाभामा डुब्नेछ जापानः
जापानको टोहोकुमा आएको भूकम्पपछि यहाँ रहेको ११० एक्टिभ ज्वालामुखीमध्ये २० वटा भित्र निकै हलचल पाइएको छ । जापान मिट्रियोलोजिकल एजेन्सीका अनुसार यी ज्वालामुखीहरु कुनै पनि समय बिस्फोट हुनसक्छन् । यसमा माउन्ट फुजी बिस्फोट हुने सम्भावना सबैभन्दा धेरै छ ।
क्यारीबियाईमा आउनेछ सुनामीः
डा. सिमोन डे र डा. स्टिवनको भविष्यवाणीका अनुसार क्यानरी आइल्याण्डमा रहेको कुमब्रे विएजा ज्वालामुखी फुटेपछि क्यारिबियाले सुनामीको सामना गर्नुपर्ने हुन्छ । दुबैको दाबी अनुसार यो सुनामी ८ सय किलोमिटर प्रतिघण्टामा गतीमा आउनेछ । यसको पानीको उचाई १०० मिटरभन्दा माथि हुनेछ । यो सुनामीले फ्लोरिडाका साथै इंगल्याण्डलाई पनि तहसनहस पार्नेछ ।

0 comments
Write Down Your Responses