१५ बर्षीया बालिकाले भनिन्ः ‘बाबुको यौन दुर्व्यवहार सहन नसकेपछि घरबाट भागेँ भिडियो सहित
आमा म कामको खोजीमा गएकी छु । फेरि फर्केर घर आउदिनँ’ भन्दै आमालाई चिठी लेखेर पोखरा हिँडेकी १५ वर्षीया बालिका बाबु र छिमेकीको यौन दुव्र्यवहार सहन नसकी घरबाट भागेको पाइएको छ ।
पौवेगौडे गाविस ७ बस्ने ५६ वर्षीय सौतेलो बाबु र छिमेकी ७४ वर्षीय एक वृद्धको पटक–पटकको जबर्जस्ती करणीका कारण घर छाड्नुपरेको पीडित बालिकाको भनाइ छ । गतवर्षदेखि दुईजनाले पटक–पटक आफूमाथि जबर्जस्ती करणी गरेको उनको आरोप छ ।
0 comments
Write Down Your Responses