भाउजुलार्इ जंगलमा बाेलाएर देवरले यस्ताे के गरे ?
उदयपुर । उदयपुरको बेल्टार बसाहा नगरपालिका–२ श्रीवानी बस्ने राजेन्द्र कटुवालको श्रीमती ३४ वर्षीया भीमकुमारी कटुवालको चार दिन अघि मोरङस्थित सिजुवाको बेतौना जङ्गलमा हत्या भएपछि इलाका प्रहरी कार्यालय बेल्टारले श्रीमान् राजेन्द्रसहित छ जना घरपरिवारलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।
राजेन्द्रका घरपरिवारको सुरक्षाको लागि र अनुसन्धानको लागि पनि आफूहरुले पक्राउ गरेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले बताउनुभयो । यता बिष सेवन गरेर बेहोस भई अहिले अस्पतालमा होस खुलेका सुवासले भने भाउजुको हत्या आफू एक्लैले गरेको बताउन थालेको पनि प्रहरीले बताएको छ । भीमकुमारीको हत्यामा को को संलग्न हुन् भन्ने कुरा मोरङ प्रहरीले पनि अनुसन्धान थालेको र यता आफूहरुले पनि थालेको कारण चाँडै यसको वास्तविकतामा पुगिने कुरा इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
0 comments
Write Down Your Responses