रसियाको डाड्क्यान नदीमा रगत बग्नु थालेपछि सबै चकित, सरकारले अनुसन्धान सुरु

निकेल उद्योगको पाइपलाइन फुटेर नदीमा मिसिएपछि नदीको पानी पूरै रातो भएको हो । निकेल एक किसिमको केमिकल हो । यो उद्योगबाट उत्पादन भएको प्रदूषण वातावरण र मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । सोही कारण सो उद्योगको पाइपलाइन कसरी फुटेर नदी राताम्ये भयो भनी सरकारले छानबिन सुरु गरेको हो ।


डाड्क्यान नदी पूरै राताम्ये भएको तस्बिर रसियाको सामाजिक सञ्जालमा भाइरल बनेको थियो । गत जुनमा पनि सो नदी यसरी नै राताम्ये भएको बताइएको छ । निकेल नामक केमिकल फलाम उद्योगमा प्रयोग हुन्छ । जुन केमिकल राख्नेवित्तिकै पानी रगत जस्तो रातो हुन्छ ।


,

0 comments

Write Down Your Responses