कपिलवस्तुमा एक महिलाले दुई वटा टाउको भएको शिशु जन्माए भिडियो सहित

असोज १३, कपिलवस्तुमा एक महिलाले दुई वटा टाउको भएको शिशु जन्माएकी छिन्।
बुधबार बिहान गणेशपुर ८ दत्तपुरका जावेद पाठनकि श्रीमति ३५ वर्षीया सुविया पठानले दुई वटा टाउको भएको शिशु जन्माएकी हुन्। शिशुको दुई ओटा टाउकोमध्ये एउटा केही सानो छ।
अस्पतालले शिशु स्वास्थ रहेको र दुध समेत खाने गरेको जनाएको छ। यद्यपी आमाको स्वास्थ्य शारीरिक रुपमा कमजोर रहेको स्थानीयले जानकारी दिएका छन्।
अहिले शिशुलाई हेर्नेको भीड लागेको छ। यो शिशुसहित पठान चार सन्तानकी आमा बनेको जनाइएको छ ।

,

0 comments

Write Down Your Responses