प्रेमकाे नाटक गरी नेपाल बाेलाएर अपहरण
भारतीय सीमा सहर सुनौली जुगौलीका खुर्द अहमदलाई आफ्नो ठेगाना भन्न निकै सजिलो थियो। कसैले घर कहाँ हो भनेर सोध्यो भने उनले ‘जुगौलीको सबैभन्दा अग्लो र राम्रो घर जुन छ त्यही मेरो’ भन्थे। सबैको आँखामा बसेको घरकै कारण आफ्नै छिमेकीको आँखी भएको छु भन्ने उनलाई कहिलै हेक्का भएन।
त्यो घर उनी जहाँ मस्तको निन्द्र निदाउँथे र आरामको जीन्दगी बाँचिरहेका थिए। यसवर्ष त्यसकै कारण उनको झण्डै ज्यान गएको थियाे । उनको धन दौलत देखेर आरिस गर्ने छिमेकीको योजनामा बुनिएको प्रेमको नाटकमा परी अपहरित अहमद मुस्किलले बाँचेका छन्। भैरहवाकी एक युवतीसँग फोनैफोनमा चिनजान भएर उनी यसैसाता घुम्न पोखरा आएका थिए।
त्यतिखेर मात्रै उनी छाँगाबाट खसे जब युवतीले उनलाई आफ्नो घर हो भनि लगेको ठाउँमै थुनिनुपर्यो। भदौ १२ गते उनी लेखनाथ नगरपालिका-८ सिसुवामा अशोक अधिकारीको एक कोठामा बन्धक बने। झ्यालबाट झरेर निँस्कदाँ चोरको बात लाग्यो र प्रहरीकहाँ बुझाइयो।
प्रहरीले तलासी लिएपछि बल्ल खुल्यो, उनी त अपहरणमा परेका रहेछन्। यता उनी कोठामा थुनिएका थिए। उता उनका दाजुसँग एक करोड रूपैयाँ माग्दै फोन पुगिसकेको थियो। ‘नदिए मार्ने धम्की दिएका रहेछन्’, कास्की प्रहरी प्रवक्ता डीएसपी गजुसिद्धि बज्राचार्यले भने।आजको अन्नपूर्ण पाेष्टमा खबर छ ।
0 comments
Write Down Your Responses