एउटालाई दिनुपर्ने सुई अर्कैलाई लगाएपछि शिशुको अवस्था नाजुक, न्याय माग्दै अभिभावक १० वर्षे बालकको सुई ८ महिनाको शिशुलाई
भाद्र २७, काठमाडौं । राजधानीको चर्चित बाल अस्पताल भनेर चिनिएको कान्तिबाल अस्पतालले रसुवाका अशोक बराल र उनको ८ महिनाको छोरालाई १० वर्षे बालकलाई लगाउने औषधिको इन्जेक्शन हालेर स्वास्थ्यमाथि चरम लापरबाही गरेको रहस्य खुलेको छ। असार २२ गते बच्चालाई स्वाशप्रस्वासमा समस्या आएर कान्तिमा जचाउन ल्याउँदा अस्पतालले लापरबाही तरिकाबाट अर्को बिरामीलाई दिने औषधि दिएको रहस्य खुलेको हो ।
बालकका बुवा अशोक बरालका अनुसार गत असार २२ गते छोरालाई घाँटीमा घ्यारघ्यार र आवाज आउने समस्या भएर कान्ति बालअस्पतालमा जचाउँदा सामान्य रहेको र भोलीपल्ट बाफ लगाउन सुझाव दिइयो। बालकलाई बाफ दिने र क्यानोन दिने भनेर डाक्टरले सुझाए। उनले पनि त्यसै गरे र छोरालाई बाफ दिन लगे। ‘बाफ दुई तीन पटक दिइसकेपछि साँझ पर्यो। साझ पनि बाफ लगाइदै थियो। जब रातको १० /११ बजेको समय भयो। एउटी नर्स आएर जबरजस्ती बालकको हातमा इन्जेक्सन लगाइदिन र बालकोको बुवालाई कुटौला झै झपारिन र आफू त्यहाँबाट भागिन् । सुई लगाएको केही मिनेटमै छोराले पिसाब गर्यो र आँखा फर्काउन थाल्यो। शरीर शिथिल भयो। उसका हातखुता लुला भए । उसले सास फेर्न छोड्यो । धडकन बन्दयो । हामी सबै छक्क पर्यौ । त्यहाँ अरु बेडमा रहेका बिरामी कुरुवाहरु पनि दौडेर आए। सबै आत्तियौ।’
यता, आइसियूका सबै डाक्टरहरु पनि हत्तारमा दौडेर आए । सबै बिरामीहरुले चिकित्सकहरुलाई झपारेपछि यो सबै डाक्टर सल्लाह गरेर सिपीआर दिन थालियो। बच्चाको धडकन बन्द भइसकेको अवस्थामा डाक्टरहरुले सिपीआर दिएर होसमा ल्याए। उनीहरुले यो बच्चा अब यहाँ बाँच्दैन भनेर उल्टै बाहाना बनाउन थाले । उनीहरुले अर्कै अस्पतालमा रिफर गर्न आग्रह गर्दै थिए । त्यतिबेला रातिको २ अर्थात विहानको २ बजेको थियो । त्यतिबेला मसँग खल्तीमा धेरै पैसा पनि थिएन । तर मलाई मेरो छोरालाई जसरी बचाउने इच्छा थियो । दाई डाक्टरहरुले मलाई अन्तराष्ट्रिय बालमैत्री अस्पतालमा लैजान आग्रह गरे । तर डाक्टरहरुले मलाई तपाईको बच्चा अब बाँच्दैन भनेर उल्टै अल्झाउन खोजे ।
तर मैले बलजफ्ती गरेर अन्तराष्ट्रिय बालमैत्री अस्पतालमै भर्ना गरे। अन्तराष्ट्रिय बाल मैत्री अस्पतालमा पुर्याइसकेपछि छोरालाई लगभग २८ दिनसम्म अस्पतालको भेन्टेलेनमा राखियो । त्यसपछि ४५ दिनको दिन अस्पतालको वार्डमा सारेको छु। उसले अहिले मुखले खान सक्दैन । हातखुट्टा चल्दैन । नाकमा नली लगाइएको छ। त्यहीबाट दाल र दूध खुवाइदिने गरेको छु। अहिलेसम्म मैले करीब साढे ८ लाख यही छोराको उपचारमा खर्च गरिसकेको छु । तर डाक्टरले अब ब्रेनमा असर गरेकाले निको हुन निक्कै समय लाग्ने र भए पनि पहिलेको जस्तो सामान्यव अवस्थामा फर्कन नसक्ने भनेका छन् ।
मेरो कान्तिबाल अस्पतालका ती डाक्टरलाई प्रश्न छ, ‘१० वर्षको बच्चालाई लगाउने अर्कै औषधि र सुई ८ महिनाको बच्चालाई किन जबरजस्ती लगाइयो ? कान्तिबाल अस्पतलामा मान्छे हेरेर किन उपचार गरिन्छ? के बाल अस्पताल डाक्टर र नर्सलाई जे मन लाग्यो त्यही गर्न थलो हो ? के अर्काको स्वास्थ्यमाथि खेलवाड गर्न डाक्टर र नर्सलाई छुट छ? अन्यायमा परेको छु मलाई न्याय दिनुपर्यो ।
उक्त बच्चाको बुबाको पिडा दुखेसो भिडियो हेर्न तल क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses