दिल्ली दौडले प्रचण्डलाई फसाद पर्ने संकेत- चीनले सोध्यो जवाफ दिन नसक्ने प्रश्न..चिनियाँ सञ्चार माध्यम भारतीय मिडिया भन्दा आक्रा
प्रचण्ड भनेर चिनिने नेपाली प्रधानमन्त्री पुष्पकमल दाहालले गत साता भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हातमिलाए । तर सञ्चार माध्यममा प्रकाशित तस्विरमा प्रचण्डको मुस्कानमा सचेतता देखिन्छ । अधिकाँश नेपाली मिडियाले प्रकाशित गरेका तस्विरमा प्रचण्डले निधार खुम्च्याएका छन् ।
पहिलो पटक प्रधानमन्त्री बन्दा पुरानो परंपरा तोड्दै धेरैलाई आश्चर्यमा पार्दै पहिलो विदेश भ्रमणकोरुपमा चीन भ्रमण गरेपछि नेपाल र चीनका जनताले प्रचण्डमाथि ठूलो आशा लिएका थिए । ८ वर्ष पछि प्रचण्ड पहिले भनिए जस्तो आक्रामक रहेनन्, अव उनी राजनीतिक स्वार्थका लागि ब्यवहारिक बनेका छन् ।
अहिलेको भारत भ्रमणका क्रममा प्रचण्डले आफ्नो उच्चस्तरीय भेटघाटमा पञ्चेश्वर परियोजना, भूकम्पपछिको पुनः निर्माण र पूर्व-पश्चिम रेल वे लगायतका विषयमा कुरा गरे । जवकी यी सबै कुरा चीनले शुरु गरेको बेल्ट एण्ड रोड इनिसिएटिभका नेपालले फाइदा लिन सक्ने मुख्य कुरा हुन् ।
यस्तो पृष्ठभूमिमा मानिसहरुको मनमा एउटा प्रश्न छ- प्रचण्डले दिल्लीसँग पुनर्मिलन चाहेका हुन् कि नेपाललाई भारतीय नियन्त्रणमा राख्न चाहेका हुन् ?
जव प्रचण्डले मोदीको निमन्त्रणा पाए र भारतसँगको दुई पक्षीय सम्बन्धमा टर्निङ पोइन्ट शुरुवात गरे त्यतिबेला पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौ बेइजिङबीच भएको सम्झौता तोकिएकै समयमा कार्यन्वयन हुने कि नहुने भन्दै उठाएका प्रश्नहरुले अन्यत्र पनि ब्यापकता पाए । प्रचण्डसँग चीनलाई कुरा बुझाउन विशेष दुत पठाउनु बाहेक अन्य विकल्प थिएन ।
mahara china pm meet
यस्तो लाग्छ चीन र नेपालबीचको सम्बन्ध एकाएक ठप्प भयो र चिनियाँ नेताको नेपाल भ्रमण पनि स्थगित भएको भनिएको छ । यो अनपेक्षित अवस्था हो । एका एक चीन र नेपालबीचको सम्बन्ध निक्कै संवेदनशील र कमजोर बन्न पुगेको छ ।
अवश्यपनि चीन आफूलाई झुक्काइएको महसुस गर्दैछ । जव काठमाडौंलाई दिल्लीको दवाव घटाउन बेइजिङको आवश्यकता पर्यो चीनसँग नजिक हुँदै श्रृंखलाबद्ध महत्वपूर्ण सम्झौतामा हस्तार भए जसले नेपाललाई भारतमाथिको निर्भरता कम गर्न सघाउ पुर्याउँथ्यो ।
तर जव भारतको काठमाडौं प्रतिको धारणामा केही नरमपन देखा पर्यो र भारतले नेपाललाई केही आश्वासन दियो तव नेपाली राजनीतिज्ञहरुले चीनसँगको नेपालको सम्बन्धलाई पछिल्लो भागमा राखे ।
सायद यी राजनीतिज्ञहरुले बेइजिङलाई दिल्लीसँग सन्तुलन कायम गर्ने साधन भन्दा पनि दिल्लीको दवाव घटाउने साधनकोरुपमा मात्र उपभोग गर्न खोजेका हुन् । नेपाली राजनीतिज्ञहरुको अदुर दृष्टि र तात्कालीक फाइदा हेर्ने नीतिले काठमाडौं बेइजिङ सम्बन्ध पनि प्रभावित हुन पुगेको छ ।
तथापी यदि देशको कुटनीति राष्ट्रिय हितमा आधारित छ भने यो दिगो हुन सक्छ । किन भने पाको कुटनीतिका लागि नैतिकता, न्याय र एकरुपता अत्यावश्यक कुरा हुन् । चीनले नेपाल-भारत सम्बन्धलाई कहिले पनि दख्खल दिएको छैन तर दिल्लीले सँधै नेपाल-चीन सम्बन्धलाई प्रभावित तुल्याउँदै आएको छ । तर जेसुकै दृष्टिले पनि नेपालका लागि बेइजिङ बढी भरपर्दो छ ।
बेइजिङसँग दिगो सम्बन्ध कायम गर्नुको साटो चीनलाई भारतसँग बार्गेनिङ गर्ने हतियार मात्र बनाउँदा अन्ततः नेपालको स्वाधिनता र विश्वासमा घात पुग्छ । सीमाना समेत बन्द नभएका २ देश भारत र नेपालको सम्बन्धको तुलनामा चीन र नेपालको सम्बन्ध त्यति सहज छैन । यसको अर्थ हो बेइजिङ र काठमाडौंले तीन पक्षबीच सन्तुलन खोजेका हुन् भने यी दुई बीचको सम्बन्ध तत्काल स्थापित हुनु पर्छ ।
अहिलेको नेपाललाई अवसरवाद जरुरी छैन बरु रणनीति र भिजन भएका नेताको आवश्यकता छ । त्यस्ता नेताले मात्र चीनले शुरुवात गरेको ब्यवहारिक परियोजनाका फाइदा लिँदै नयाँ दिल्लीमाथिको नेपाली निर्भरता घटाएर वास्तविकरुपमा स्वाधिन देश बनाउन सक्छन् ।
सन् २००८ मा प्रचण्ड यो मार्गमा निक्कै पर पुगेका थिए । अहिले ओलीले उनको उत्तराधिकार लिँदै रणनीतिक सुधारको बाटो समातेका छन् । तथापी भारतको दवावमा प्रचण्डले यो प्रक्रिया भत्काउने खतरा छ । के उनले शुरुवाती प्रतिबद्धता विर्सेका हुन् ? जनताले जवाफ चाहेका छन् ।
तर जवाफ जे आएपनि चीन यसबाट टाढै बस्ने छ । चीन-नेपाल सम्बन्धमा फाइदा जहिले पनि काठमाडौंले लिएको छ । यद्यपी बेइजिङले केही गुमाउँदैन । तर नेपालले सोच्नै पर्ने भएको छ कि कतै यसले धेरै अवसरहरु गुमाइरहेको त छैन ।
चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्समा प्रकाशित शु लियाङको आलेख भावानुवाद गरिएको हो । ‘नेपाल रिस्क्स मिसिङ चान्स विथ चाइना’ अर्थात ‘नेपालले चीनसँग नजिक हुने अवसर गुमाउने जोखिम’ लेख शु चीनको इन्टरनेशलन स्टडिङ विश्विवद्यालयको इण्डियन स्टडिज सेन्टरका कार्यकारी निर्देशक हुन् – सम्पादक
0 comments
Write Down Your Responses