झापामा अदृश्यरुपले ढुङ्गा बर्साउँदा ४ घाइते
झापाको ज्यामिरगढी–९ गोमनसरीमा एक सातायता चारवटा घरमा ढुङ्गा बर्सिन थालेपछि सर्वसाधारण आतङ्कित भएका हुन । एक स्थानीयवासीको अनुसार केहि दिन अघी एउटै घरमा मात्रै ढुङ्गा बर्सिन्थ्योे तर अहिले चारवटा घरमा पालैपालो बर्सिन थालेको छ । नागपञ्चमीका दिन बेलुका स्थानीय विमला निरौलाको घरमा ढुङ्गा बर्सिएको थियो तर अहिले नरबहादुर निरौला, कमल निरौला, तुलसा बढाथोकीका घरमा पनि ढुङ्गा बर्सिन थालेको स्थानीयले जनाएका छन । त्यसैगरी ढुङ्गाले लागेर स्थानीयवासी तुलसा बुढाथोकी, तारा निरौला र मञ्जु कार्की घाइते भएका छन । अदृश्य रुपमा आउने ढुङ्गाले आतङ्कित बनेपछि सतीघट्टा प्रहरी चौकीका इञ्चार्जको टोलीले सुरक्षा दिइरहेको छ । दैनिकजसो भेला भएका स्थानीयवासीले ढुङ्गा कहाँबाट कसले हान्छ भन्ने विषयमा खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

0 comments
Write Down Your Responses