नारायणघाट मुग्लिन सडकखण्डमा बस खस्दा २० जना भन्दा बढिको मृत्यु

१० भदौ - नारायणघाट मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या कम्तिमा २० पुगेको छ। १२ जना घाइते भएको प्रहरीले जनाएको छ। ग १ ख ३७०९ नम्बरको बस मुग्लिनको कालीखोला क्षेत्रबाट त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ।

गौरबाट पोखराका लागि छुटेको बस दुर्घटना भएको प्रहरीको अनुमान छ। तर पुष्टि भने भएको छैन।

मुग्लिनबाट नारायणघाटतर्फ चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको घटनास्थलबाट प्रहरी एसपी बसन्त कुँवरले जानकारी दिए।

उनका अनुसार बिहान ४ बजे गस्तीमा निस्किएको बेलामा नदीमा तैरिरहेको बस देखिएको हो। उद्धारको लागि प्रहरीको टोली घटनास्थलमा पुगेको छ। अहिलेसम्म २० जनाको शव निकालिसकिएको छ। १२ जना घाइतेलाई उद्धार गरेर चितवनको भरतपुर अस्पताल पुर्याइएको प्रहरीले जानकारी दिएको छ।

0 comments

Write Down Your Responses